
कालीकोटको तिलागुफा नगरपालिका– १० की २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत प्रदेश अस्पताल लगिएको छ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएपछि बिहीबार उनलाई हेलिकाेप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
उद्धारमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, स्वास्थ्यकर्मी, नेपाल प्रहरी तथा स्थानीय सरकारको समन्वयमा सहयोग गरिएको थियो।
उपप्रमुख शाहीले सुत्केरी महिलाको ज्यान जोगाउन सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद दिएका छन् ।