Skip This
४६८ सुरक्षाकर्मी नियमविपरीत भिआइपीको घरमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o९:oo
Read Time : < 1 मिनेट
समाचार

४६८ सुरक्षाकर्मी नियमविपरीत भिआइपीको घरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o९:oo

गृह मन्त्रालयले चार सय ६८ जना सुरक्षाकर्मीलाई नियमविपरीत भिआइपीको सुरक्षामा खटाएको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन, कार्यविधि २०८१ को विपरीत सुरक्षाका नाममा नेता तथा पूर्वसुरक्षाकर्मीको घरमा खटाइएको हो। 

कार्यविधिअनुसार बहालवाला अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूलाई तीन सय ४६ तथा पूर्वपदाधिकारीलाई एक सय ३० जना मात्र खटाउन पाइन्छ। त्यस्तै, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार अधिकतम ३० गरी समग्रमा पाँच सय ६ जनासम्म खटाइन मिल्छ। बुधबार राष्ट्रपतिलाई बुझाइएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा गृह मन्त्रालयले नेपाल प्रहरीबाट पाँच सय ९७ तथा सशस्त्र प्रहरी बलबाट तीन सय ७७ गरी नौ सय ४७ सुरक्षाकर्मी भिआइपीको सुरक्षाका नाममा खटाइएको छ। महालेखाले कार्यविधिअनुसार मात्र सुरक्षाकर्मी खटाउन भनेको छ। सुरक्षाभन्दा पनि कतिपयले सानका लागि कतिपय गाडी चलाउनेदेखि घरका काममा सघाउनका लागि सुरक्षाकर्मी राखेका छन्। 

रवि लामिछाने गृहमन्त्री हुँदा यसरी नियमविपरीत खटाएका सुरक्षाकर्मी हटाएका थिए। पछि फेरि दुरुपयोग बढेको हो।