Skip This
पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। पुम्दिस्थित विश्वशान्ति स्तूपको पार्किङस्थलको केहीमाथि सडकमा ग १ ख ३८८६ नम्बरको बस पल्टिएको हो।

घाइते २८ जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय मेलाराम साहु गम्भीर घाइते भएका हुन्।

उनीहरूसहित अन्य चारजनाको उपचार भइरहेको छ भने बाँकी २२ जनालाई सामान्य उपचारपछि होटेलमा पठाउने तयारी भइरहेको छ। कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियासहितको टोली उनीहरूको उपचार भइरहेको अस्पताल पुगी सामान्य अवस्थामा रहेकाहरूलाई होटेलमा पठाउने तयारी गरेको हो।

बसमा सवार सबैजना भारतीय पर्यटक हुन्। भारतीय पर्यटकले रिजर्भ गरेर लगेको सो बस पुम्दीकोटस्थित महादेवको मूर्ति दर्शन गरी फर्कँदै थियो। भारतको छत्तिसगढबाट मंगलबार राति उनीहरूसँगै ४९ जना पोखरा आएका थिए। बुधबार बिहान उनीहरु दुईवटा बस रिजर्भ गरी घुम्न निस्केको थिए।

दुर्घटनास्थल हेर्दा घुम्तीमा बस मोड्ने क्रममा ब्रेकले काम नगर्दा अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।