Skip This
कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

सहकारी ठगीको अभियोगमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। जिल्ला अदालत, काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उनीसँग १० लाख धरौटीमा छाड्ने आदेश भएको छ। 

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा दुईपटक सञ्चालक बनेकी थिइन्। त्यही वेला रकम हिनामिना भएको थियो। 

गत भदौ २ गते नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि सत्ताको आडमा जोगाइएको थियो। तीव्र आलोचना भएपछि उनलाई १३ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो। मंगलबार सहकारी ठगी  र संगठित अपराधको मुद्दा दायर गरिएको थियो। उनीविरुद्ध फितलो अनुसन्धान गरेर मुद्दा दायर गरिएको आरोप लागेको छ।