Skip This
आज मन्त्रिपरिषद् बैठक बस्दै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार o९:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:५३:oo

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको उनको सचिवालयले जनाएको छ। 

यो साता मन्त्रिपरिषद् बैठक बसेको छैन । बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनसम्मका एजेन्डा रहेको स्रोत बताउँछ। विनोदप्रकाश सिंह र गणेश पाण्डेले अनिवार्य अवकाश पाएपछि रिक्त रहेका सचिवका दुई पदमा बढुवाको तयारी छ। 

त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेलले आफैँ गभर्नर बन्न राजीनामा दिएका हुन्।