
काठमाडौं महानरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीमा दयाराम श्रेष्ठको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । दयारामको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
दयारामको घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तल तले पक्की घरमा आगलागी भइरहेको छ । उक्त स्थानमा अहिले प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दको कमाण्डमा २० जनाको प्रहरी टोली,नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिइगएको प्रहरीको भनाइ छ ।
सोहि ठाउँमा जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका एक, रामहिटि एक र बालाजु औद्योगिक क्षेत्रकाे एक गरी जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । तर हालसम्म पनि आगो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । एसपी अपिलराज बोरोहाका अनुसार एक जनाको शव भेटिएको छ ।