Skip This
जनमतकी सांसद गीता गुरुङ दुई महिनादेखि बेलायतमा, राजीनामाको विषय शंकास्पद 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format oo:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जनमतकी सांसद गीता गुरुङ दुई महिनादेखि बेलायतमा, राजीनामाको विषय शंकास्पद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format oo:३९:oo

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएको विषयबारे लुम्बिनी प्रदेशसभा कार्यालयले अनविज्ञता जनाएको छ। 

उनले राजीनामा दिएको पत्र मंगलबार सार्वजनिक भएको थियो । तर, सांसद गुरुङ दुई महिनादेखि बेलायतमा छिन्। राजीनामाको आधिकारिताबारे अन्योल छ। 

गुरुङका श्रीमान् कैलाश गुरुङ  हालै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए । गीता कहिलेकाँही मात्र संसद बैठकमा उपस्थित हुने गरेकी थिइन्। लुम्बिनीका सभामुख तुलाराम घर्तीमगरले उनको राजीनामाबारे आफुलाई जानकारी नभएको बताएका छन्। 

जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सांसद गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र राजीनामापत्र पनि नआएको बताए । सञ्चारमाध्यममा राजीनामाबारे देखेको भन्दै उनले पार्टीलाई कुनै जानकारी नगराएको बताए । ‘उहाँ संसद्मा पनि निकै कम उपस्थित हुनेमा पर्नुहुन्छ, २५ प्रतिशत पनि उहाँको उपस्थिति छैन, संसदीय दलको बैठकमा आउनुभएकै छैन । अहिले मोबाइल स्विच्ड अफ छ, मुलुकबाहिर हुनुहुन्छ भन्ने सुनेका छौँ,’ गुप्ताले भने ।

सांसद गुरुङ र उनका श्रीमानले यस विषयमा केही नबोलेकाले पनि राजीनामाको विषय शंकास्पद बनेको छ।