१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
रासस नयाँदिल्ली
२o८२ बैशाख २९ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १४:४८:oo

सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित कस्मिरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध छन्।

भारत र पाकिस्तानबिच चार दिनसम्म भीषण लडाइँ भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए। विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबिचको लडाइँ पूर्ण युद्धमा विकसित हुन सक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो।

प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ। युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक–अर्कामाथि यसको उल्लंघन गरेको आरोप लगाएका थिए।

यद्यपि, भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन्।