१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद

स्लोभाकियाकी कोरबोभाले जितिन् हिमालयन एक्सट्राई एक्स्ट्रिम ट्रायथोलनको उपाधि

प्रतिस्पर्धामा थिए २१ देशका ३५ पुरुष र सात महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१o:oo

स्लोभाकियाकी निकोल कोरबोभाले विश्वमै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथोलन’अन्तर्गत ‘हिमालयन एक्सट्राई एक्सट्रिम ट्रायथोलन ०२५’ को उपाधि हात पारेकी छिन्।

हिमालयन एक्सट्राइको आयोजनामा आइतबार सम्पन्न चौथो संस्करणको प्रतियोगितामा पहिलोपटक महिलाले उपाधि हात पारेकी हुन्। सहभागी अन्य ४१ जनालाई पछि पार्दै कोरबोभाले उपाधि हात पारेकी हुन्। प्रतियोगिताको निर्धारित दूरी १७ घण्टा ०८ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै कोरबोभाले उपाधि हात पार्दै इतिहास रचेकी हुन्। 

काजाकास्तानका गालिम चाउसेभ १७ घण्टा ५६ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो, १८ घण्टा ३६ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका चेक रिपब्लिकका हेलेन केटोपोलु तेस्रो, १८ घण्टा ४३ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका जर्मनका फलेक्स लेडरले चौथो स्थान हात पारे। 

प्रतियोगितामा निर्देशक रिकेश योन्जनका अनुसार २४ देशका ३५ पुरुष र सात महिला गरी ४२ जनाले प्रतिस्पर्धा गरेकोमा २२ जनाले मात्र निर्धारित दूरी पार गरेका थिए। प्रतियोगिताको लागि खेलाडीसँगै उनीहरूका क्रु–मेम्बर गरी ८० जनाभन्दा बढी विदेशी प्रतियोगिताका लागि पोखरा आएका थिए।

प्रतियोगिताअन्तर्गत ३.८ किमि पौडी, १६५ किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड समावेश थियो। सहभागीहरूले सुरुमा फेवातालमा पौडी सम्पन्न गरेपछि साइक्लिङ र दौड पूरा गरेका थिए। समुन्द्र सतहबाट ७४२ मिटर उचाइमा रहेको फेवातालमा पौडीपछि साइकलबाट उनीहरू पोखराको सराङकोट हुँदै पर्वतको कुस्मा बजार र बाग्लुङ कलिकास्थान मन्दिर पुगेर फर्किएका थिए। त्यसपछि उनीहरू कुस्मा बजार हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लेम्लेको काडेमा पुगेर निर्धारित दूरी पूरा गरेका थिए।

सन् २००३ मा क्यानडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ हरेक वर्ष युरोपसहित अमेरिकाका १७ देशमा आयोजना हुँदै आएको छ। प्रतियोगिता सम्पन्न गर्न एक करोड खर्च लाग्ने आयोजकको भनाइ ।

विजेताले विभिन्न प्रतियोगितामा सहभागी हुने अवसरसँगै एक टिसर्ट पाउनेछन्। जुन निकै महँगो र दुर्लभ मानिन्छ। जितपछि पाइने कालो छिरिबिरे रङमा प्रतियोगिताको लोगोले नै विश्वभर त्यो प्रतियोगीलाई चिनाउनेछ। त्यसका अलवा आयोजकले चिनोस्वरूप नेपाली हस्तकलाद्वारा निर्मित मेडलसमेत पाए।

प्रतियोगितामा किर्गिस्तान, काजाकास्तान, चेक रिपब्लिक, स्विडेन, नर्वे, स्कटल्यान्ड, फ्रान्स, डेनमार्क, टर्की, पोल्यान्ड, अमेरिका, पोर्चुगल, रसिया, जर्मनी, इस्टेनिया, इटली, र स्पेनलगायत देशका खेलाडी सहभागी रहेका योन्जनले जानकारी दिए।