१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १५:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १५:४७:oo

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.५३ अंकले घटेर दुई हजार ६५०.११ को विन्दुमा कायम भएको हो ।

आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैंक समूह १.२७, होटेल तथा पर्यटन ६.५०, जीवन बिमा ०.३१, निर्जीवन बिमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.५१, वित्त ३.७२, जलविद्युत् १.२६, लगानी १.५५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.०९ र म्युचुअल फन्ड ०.२८ प्रतिशतको गिरावट देखिएको छ ।   

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु. ६६ करोड १० लाख ७० हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता सेयर खरिद–बिक्री भएको छ ।