
प्रधानमन्त्री केपी ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कमजोरीका कारण यस्तो नतिजा आएको बताए ।
यसैबिच, प्रधानमन्त्री ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना गरिने बताएका छन् । देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन् । उनले नयाँ विधिबाट फोहाेरमैला व्यवस्थापनको कुरा सोचिरहेको बताए ।