Skip This
स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताएका छन्।

आइतबार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पिआइसियू कक्षको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रशासनलाई साँघुरो बनाएर भए पनि प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणका लागि जग्गा नपाइरहेको भन्दै जग्गा भेटेको खण्डमा यही वर्ष बहुवर्षे आयोजनाअन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सकिने बताए।

उनले सरकारले १४ वर्षमुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क गरिरहेको र करिब ८० प्रतिशत औषधिसमेत निःशुल्क भएको स्थिति रहेको बताए। उनले हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको जानकारी दिए।

मन्त्री पौडेलले अधिकम क्षमताबाट उपचार विस्तार गर्नुपर्ने बताए।