१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छिन्नमस्ता–६ मा २४ सै घण्टा सञ्चालन हुने बर्थिङ सेन्टर सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १७:o२:oo

छिन्नमस्ता गाउँपालिका–६, खुदीबखारीमा २४ घण्टा सञ्चालन हुने बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। इम्प्याक्ट नेपालको सहयोगमा र गाउँपालिकाको समन्वयमा स्थापना गरिएको यो केन्द्र सुरक्षित सुत्केरी सेवा र महिला स्वास्थ्यका लागि सञ्चालनमा ल्याइएको हो।

खुदीबखारी र वरपरका बासिन्दाहरू स्वास्थ्य सेवा पहुँचको अभाव र जोखिमपूर्ण सुत्केरी प्रक्रियाको समस्या झेल्दै आएका थिए। अब स्थानीय महिलाले गर्भावस्था, सुत्केरी सेवा र नवजात शिशुको हेरचाहमा नियमित र आकस्मिक सेवा पाउने पालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

'२४ सै घण्टा सञ्चालन हुने यो केन्द्रले आपतकालीन अवस्थामा तुरुन्त सेवा दिन सक्नेछ। स्वास्थ्य संस्था नजिकै नहुँदा टाढा सहर जानुपर्ने बाध्यता घट्नेछ। हाट्टि, कुपहि, रामपुरा, खुदीबखारी लगायतका वडाका बासिन्दाहरूलाई सेवा उपयोग गर्न सजिलो हुनेछ,' उनले भने।

केन्द्रमा अनुभवी जनशक्ति, औषधोपचार, सुत्केरी कक्ष लगायतका आधारभूत सेवा उपलब्ध हुने रहेको जनाइएको छ। गाउँमै यस्तो सेवा सुरु भएपछि मातृत्व प्रक्रिया सुरक्षित र सहज हुने विश्वास लिइएको छ। गाउँपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।