१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतमा पाकिस्तानको ड्रोन हमला, आइपिएलको खेलसमेत रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१८:oo

पाकिस्तानले भारतको जम्मु-कस्मिर क्षेत्रमा हवाई हमला गरेको छ। बुधबार बिहान पाकिस्तानमा भएको आक्रमणको जवाफमा पाकिस्तानले भारतमा हमला गरेको हो। 

जम्मु-कस्मिरका विभिन्न स्थानमा सयौँ ड्रोनबाट हमला भएको छ। विस्फोटको आवाज सुनिएको र सिंगो सहर विद्युतविहीन बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कतिपय आक्रमण निस्तेज गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्।

उता पाकिस्तानको हमलाकाे असर इन्डियन प्रिमियर लिग(आइपिएल)मा समेत देखिएको छ। हिमाञ्चलको धर्मशाला रंगशालामा भइरहेको पञ्जाब र दिल्लीबिचको खेल बिचमै रद्द गरिएको छ। विद्युत् अवरोधका कारण अचानक फ्लडलाइट बन्द भएपछि सुरक्षाको कारण देखाउँदै खेल नै रद्द गरेर हतार-हतार दर्शकलाई रंगशालाबाट बाहिर जान भनिएको छ।