१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format १९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा ८८ वर्षीय वृद्धमाथि खुकुरी प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१५:oo

धादिङको नीलकण्ठ नगरपालिका–९, निगालपानीका एक वृद्धमाथि घरमै खुकुरी प्रहार भएको छ।

निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि आफ्नै दाइको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन्। खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ।

घाइते वृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार वृद्धमाथि खुकुरी प्रहार गर्ने व्यक्ति घाइते वृद्धको आफ्नै दाइका छोरा हुन्। उनी यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए। खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको वृद्धले नै काजक्रिया गर्दै आएका थिए।

हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिँडडुल गर्नसमेत नसक्ने वृद्धमाथि बसिरहेकै ठाउँमा गएर एक्कासि अनुहारमा धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन्।  

रक्सीको नसामा रहेका काबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।