१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनकुने घटना नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकले गरेको प्रदर्शनका क्रममा भएका विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गम्भीररतापूर्वक लिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा उठेका विषयहरूको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले उक्त घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भैरहेको जानकारी दिए। घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर विना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको उनले सदनमा जानकारी दिए।

‘संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र संघीय लोकतान्तिक गणतन्त्रामक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरणको निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ,’ उनले भने।

संविधानविरोधी गतिविधि सह्य नहुने गृहमन्त्री लेखकको भनाइ छ। घटनाक्रमलाई विश्लेषण गर्दा तीनकुने घटना नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा कुनै विवाद नरहेको उनले दाबी गरे।

‘आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर, अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ,’ लेखकले भने।