१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १२ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२ दशमलव शून्य चार अंकले घटेर दुई हजार ६ सय ६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो।

आज तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिद-बिक्री हुँदा रु. ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटेल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार दुई र अन्य समूहको उपसूचक एक दशमलव ८१ प्रतिशतले घटेको छ। 

आज सबैभन्दा बढी वित्त समूह चार दशमलव ३० प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् शून्य दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७ र म्युचुअल फन्ड शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ७८ करोड ४५ लाख ९६ हजार चार सय १३ बराबरको कारोबार भएको छ ।