
हानीकारक फोहर व्यवस्थापनमा लापर्वाही गरेको भन्दै काठमाडौं महानगरपालिकाले वसुन्धारास्थित बिपी स्मृति अस्पतालको फोहर संकलन रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ।
अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म कम्पाउण्डमै राखेर दुर्गन्ध फैलाएको भन्दै स्थानीयले कल सेन्टरमा फोन गरेपछि वातावरण व्यवस्थापन विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वको टोलिले अस्पतालको पुनः अनुगमन गरेको थियो।
गुनासो आएजस्तो कम्पाउण्डमा फोहर राखेर दुर्गन्ध फैलिएको अवस्था नभए पनि अस्पतालको कम्पाउण्डको स्वच्छतामा भने कमजोरी देखिएको महानगरले जनाएको छ।
अस्पतालको फोहर संकलन गर्ने हिमालयन प्रा.लिलाई महानगरले अर्को निर्देशन नआएसम्म फोहोर संकलन नगर्न समेत निर्देशन दिएको छ।