१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
रासस जेरुसेलम
Invalid date format १६:५o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

Read Time : > 1 मिनेट
रासस, जेरुसेलम
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

इरानसमर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री इजरेल काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्।

‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्वस्त भएको छ। इजरायल हतियार बनाउने, शोषण गर्ने र हुथी आतंकवादी संगठनलाई आर्थिक सहयोग गर्ने जोकोहीविरुद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमा भनेका छन्।

उनले थपे, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बसर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’

हिजबुल्लाह र हमाससँगै यमनका हुथी विद्रोहीहरू इजरायल र उसको सहयोगी संयुक्त राज्य अमेरिकाविरुद्ध इरानको ‘प्रतिरोधको धुरी’को हिस्सा हुन्। हिजबुल्लाहले सन् २०२३ को अक्टोबरमा आफ्नो सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो।

नोभेम्बरमा भएको युद्धविरामसँगै समाप्त भएको शत्रुताको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई छियाछिया बनाइदिएको छ भने हमासको नेतृत्व अक्टोबर ७ मा भएको आक्रमणबाट सुरु भएको युद्धमा ध्वस्त भएको छ।

हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेलअभिभनजिकै इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।

इरानले हुथी विद्रोहीको आक्रमणमा सहयोग गरेको अस्वीकार गर्दै आएको छ। इजरायलले विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको विमानस्थल तथा राजधानी र वरपरका विद्युतगृहमा आक्रमण गरेर हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको थियो।

अमेरिका र हुथी विद्रोहीबिच युद्धविराम सम्झौता गराउन पहल लिएको मध्यस्थ ओमानले मंगलबार सम्झौताको घोषणा गर्दै सम्झौताले ‘रेड सी’मा आवागमनको स्वतन्त्रता सुनिश्चित गर्ने बताएको छ। यमनी विद्रोही समूह हुथीले गाजामा हमासमाथिको इजरायली आक्रमणविरुद्ध सहयोग गर्न रेड सी क्षेत्रमा पानीजहाजमा आक्रमण गर्दै आएको छ।

हुथी विद्रोहीले यमनमा हप्तौँदेखि जारी अमेरिकी आक्रमणको अन्त्य भएको सम्झौताका बाबजुद रेड सीमा इजरायल र इजरायलसमर्थक मुलुकका जहाजलाई निशाना बनाउने प्रतिबद्धता जनाएको छ।