१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किसानलाई मल र दुधको बक्यौता तत्काल उपलब्ध गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका वेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए।

उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणालीमार्फत मल वितरण हुन्छ, तर त्यो व्यावहारिक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच किलो मात्रै पाउँछन्।’

सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भए पनि किसानकहाँ जाँदा किसानहरूले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको बताए।

उनले भने, ‘म मुख्यबाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउने र ६ महिनादेखि किसानले बेचेको दुधको पैसा डिडिसीले भुक्तानी गर्न सकेको छैन, यस दिशामा नेपाल सरकार र खासगरी कृषि मन्त्रालयको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’