
प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सरकारसमक्ष तत्काल गभर्नर नियुक्तिको माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई छिटाेभन्दा छिटाे गभर्नर नियुक्ति गर्न ध्यानाकर्षण गराएका हुन् ।
खतिवडाले नेपाल धितोपत्र बोर्डका अध्यक्षले कमिसन लिएको बाहिरिएकाले कारबाहीको माग गरेका छन् । खतिवडाले भने, ‘धितोपत्र बोर्डको अध्यक्षले कमिसन लिएको काण्डहरू बाहिर आएका छन् । यस विषयमा सरकारले जवाफ दिनुपर्यो ।’