१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २५ बिहीबार o९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनकुनेमा बसको ठक्करबाट युवतीको मृत्यु, तीनजना घाइते    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार o९:३६:oo

पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा.३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङ घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए।

मोटरसाइकलचालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशंकरकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीले बसचालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।