१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जलविद्युतमा झुम्मिए लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

११औँ दिनपछि सेयर बजारमा १० अर्बभन्दा बढीको कारोबार, एकैदिन ६२.२५ अंकको ‘रिकभरी’

जलविद्युत् कम्पनीको सेयर किनबेचमा लगानीकर्ताको आकर्षण बढेको बुधबार एकैदिन बजार ६२.२५ अंकले रिकभरी भएको छ । नेप्सेका अनुसार बुधबार मात्रै १० अर्ब ३३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन ११ दिनयताकै उच्च कारोबार हो ।

एक सातायता निरन्तर घट्दो टे«न्डमा रहेको बजार कुल ५१.२ अंकले घटेको थियो । तर, पाँच दिनयता खस्केको परिसूचक बुधबार एकै दिनमा रिकभर २६७३.६९ बिन्दुमा कायम छ । एक साताभन्दा लामो समयदेखि घटिरहेको बजारमा कहिलेकाहीँ यस्तो रिकभरी देखिनु स्वाभाविक भएको सेयर विश्लेषक अम्बिका पौडेलले बताए । 

बैंकको सेयर मूल्य एक वर्षयताकै न्यूनतम मूल्यमा आएकाले नाफा कमाउन खोज्ने कारोबारीले बुधबारको परिसूचक माथि उठाएको उनले बताए । ‘लामो समयदेखि बजार घटिरहेको थियो । अधिकांश सूचीकृत कम्पनीको मूल्य एक वर्षयताकै न्यूनतम भएकाले सस्तो मूल्यमा सेयर उठाउन खोज्दा बढेको हुन सक्छ । लामो समयदेखि घटेको बजारमा कहिलेकाहीँ यस्तो वृद्धि देखिनु स्वाभाविक हो,’ उनले भने । 

भारत–पाकिस्तान युद्ध र राजनीतिक अस्थिरताको जोखिमलगायत कारणले बजार थप घट्ने अनुमानमा लगानीकर्ता भए पनि बुधबार त्यसविपरीत बढेको पौडेलको भनाइ छ । उनले भने, ‘ठुला लगानीकर्ताले त यस्तो तनावमा पनि बजार झन् घट्छ भन्ने अनुमान गरेका थिए । बुधबार त्यसविपरीत बढ्यो । आगामी आर्थिक वर्षको बजेट बन्दै छ, बजार लयमा आउन लागेका अर्थतन्त्रका केही सकारात्मक सूचक सार्वजनिक भइरहेका छन् । त्यसैले बजार अब उकालो लाग्छ जस्तो लाग्छ ।’

गत १४ वैशाखमा १० अर्ब ३४ खर्बको कारोबार भएयता बुधबार १० अर्बभन्दा बढीले बजार बढेको हो । बुधबार सबैभन्दा धेरै कारोबार भएको सानिमा माइ हाइड्रोपावरको ५९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । 

मंगलबार धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत जलविद्युत् प्रवद्र्धकसँग कमिसन माग गरेको आरोप लगाएको विषयले चर्चा पायो । महिनौँदेखि पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आइपिओ) चाँडै स्वीकृत हुने अपेक्षाले जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषण गरिएको छ ।

बुधबार सर्वाधिक कारोबार हुने प्रमुख १० कम्पनीमा सबै जलविद्युत् क्षेत्रका छन् । सानिमा माई हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर कम्पनी, अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, अपी पावर कम्पनी र अरुण काबेली पावर लिमिटेडको उच्च सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनी, पिपुल्स हाइड्रोपावर, दोर्दी खोला जलविद्युत् कम्पनी, इस्टर्न हाइड्रोपावर कम्पनी र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरले बढेको छ ।

समग्रमा जलविद्युत् समूहको परिसूचक ३.१३ प्रतिशतले बढेको छ ।  नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको छ । बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मासेटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

अम्बिका पौडेल पूर्वअध्यक्ष, नेपाल इन्भेस्टर फोरम
आगामी आर्थिक वर्षको बजेट बन्दै छ, बजार लयमा आउन लागेका अर्थतन्त्रका केही सकारात्मक सूचक सार्वजनिक भइरहेका छन् । त्यसैले, बजार अब उकालो लाग्छ जस्तो लाग्छ । लामो समयदेखि बजार घटिरहेको थियो । अधिकांश सूचीकृत कम्पनीको मूल्य एक वर्षयताकै न्यूनतम मूल्यमा पुगेकाले सस्तो मूल्यमा सेयर उठाउन खोज्दा बढेको हुन सक्छ । लामो समयदेखि घटेको बजारमा कहिलेकाहीँ यस्तो वृद्धि देखिनु स्वाभाविक हो ।