१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format २२:२o:oo
Read Time : < 1 मिनेट
अर्थ

शुक्रबारदेखि फारवेस्टर्न टुरिजम मार्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २२:२o:oo

आगामी शुक्रबार (२६ वैशाख)देखि कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव (फारवेस्टर्न टुरिजम मार्ट) हुने भएको छ। सुदूरपश्चिमसहित नेपालका पर्यटकीय स्थल प्रर्वद्धनका लागि फारवेस्टर्न टुरिजम मार्ट हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीनदिने पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ। उक्त मार्टमा सुदूरपश्चिम प्रदेशसहित नेपालका विभिन्न पर्यटकीय गन्तव्यबारे भारतका पर्यटन व्यवसायीहरूलाई जानकारी गराइनेछ। 

कार्यक्रममा भारतका सहरहरू दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेशसहितका स्थानका पर्यटन व्यावसायीलाई नेपालका पर्यटकीयस्थलको जानकारी गराएर पर्यटक भित्र्याउने तयारी गरिएको आयोजकले जनाएको छ। महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले छिमेकी मुलुक भारतका पर्यटक व्यवसायीहरूलाई  जानकारी गराउने बताए।