१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २३ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनार्दन शर्माको प्रश्न- ‘सरकार किन गैरजिम्मेवार ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १३:४४:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।

उनले सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका छन् । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ ।

‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, कि शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु,’ उनले भने ।