
इन्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्स्लाई १ रनले पराजित गरेको छ।
आइतबार कोलकत्ताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले २०७ रनको लक्ष्य पाएको थियो। अन्तिम ओभरमा २२ रन चाहिएकोमा राजस्थानले २० रन मात्र बनाउन सक्यो। रोमाञ्चक बनेको खेलको अन्तिम बलमा तीन रन चाहिएको थियो। जसमा राजस्थानका बलरले एक रन मात्र जोड्दा कोलकत्ता विजयी भएको हो।
यो जितसँगै कोलकत्ताको प्लेअफमा पुग्ने आशा बढेको छ। ११ खेलमा कोलकत्ताले ५ जित निकालेको छ भने पाँचवटा हारेको छ। एउटा खेल रद्द हुँदा अंक बाढेको थियो। ११ अंकसहित कोलकत्ता छैटौँ स्थानमा छ। राजस्थान भने यसअघि नै प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिसकेको छ।