१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका जोहानेसबर्ग
२o८२ बैशाख २१ आइतबार १५:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण अफ्रिकामा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जोहानेसबर्ग
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १५:२५:oo

दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस, ट्याक्सी र पिकअप ट्रक एक–आपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।

प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप सहर माकोमानजिकै स्थानीय समयअनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँचजना गम्भीर घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा दुवै गाडीकाचालक रहेको र के भएको हो भन्नेबारे अनुसन्धान गरिने बिनकोसेले बताए । दुर्घटनामा कोन्से सहरबाट केपटाउनतर्फ जाँदै गरेको मिनीबसमा सवार १३ जना यात्रुको मृत्यु भएको थियो ।

दक्षिण अफ्रिकामा परिष्कृत र व्यस्त सडक सञ्जाल छ । तीव्र गति, लापरबाहीपूर्वक सवारीसाधन चलाउनु र पुराना सवारीसाधनका कारण हुने दुर्घटनाले सडक दुर्घटनामा परी हुने मृत्यु पनि उच्च दरमा हुने गरेको छ ।

सडक यातायात व्यवस्थापन निगमको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ मा सडक दुर्घटनामा परी ११ हजार आठ सयभन्दा बढीको मृत्यु भएको थियो भने दुर्घटनामा पीडित भएका ४५ प्रतिशतभन्दा बढी पैदलयात्री रहेका थिए । रासस