१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १५:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भलिबल उत्सवको उपाधि चौबिसे र साँगुरीगढीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १५:१२:oo

धनकुटामा सञ्चालित भलिबल उत्सवको उपाधि पुरुषतर्फ चौबिसे गाउँपालिका धनकुटा र महिलातर्फ साँगुरीगढी गाउँपालिका धनकुटाले उचालेको छ ।

धनकुटाको तल्लो टुँडीखेलमा सम्पन्न भएको फाइनल खेलमा पुरुषतर्फ पाख्रिबास नगरपालिकालाई पराजित गर्दै चौबिसे गाउँपालिकाले उपाधि जितेको छ भने महिलातर्फ सहिदभूमि गाउँपालिकालाई पराजित गर्दै साँगुरीगढी गाउँपालिकाले उपाधि जितेको हो । पुरुषतर्फ चौबिसे गाउँपालिकाले पाख्रिबास नगरपालिकालाई २५–२०, २५–२०, २५–२१ र २५–२१ को सेटमा पराजित गरेको थियो ।

त्यस्तै, महिलातर्फ २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा सहिदभूमि गाउँपालिकालाई साँगुरीगढी गाउँपालिकाले पराजित गरेको थियो । उपाधिसँगै चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका धनकुटाले नगद ५०–५० हजार हात पारेका छन् भने पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकाले उपविजेता बन्दै नगद ३०–३० हजारमा चित्त बुझाएका छन् ।

विजेता र उपविजेता टिम तथा खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई, कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । जिल्ला भलिबल संघ धनकुटाको आयोजनामा आयोजित भलिबल उत्सवमा वडास्तरीय पुरुष भलिबलतर्फ २० टिम र पालिकास्तरीय महिला भलिबलतर्फ ६ टिम सहभागी भएका थिए ।