१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस-युक्रेन शान्ति प्रयासबाट पछि हट्न सक्ने अमेरिकी धम्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२८:oo

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार रुस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन्।

उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ। ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए। तर, उनले कार्यालयमा एक सय दिन मनाउँदै गर्दा रुबियोले प्रशासनले चाँडै अन्य मुद्दामा ध्यान दिन सक्ने सुझाव दिएका छन्।

‘हामी अहिले यस्तो समयमा छौं, जहाँ यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्नेबारे दुई पक्षले ठोस प्रस्तावहरू दिन आवश्यक छ,’ विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले पत्रकारहरूलाई भने, ‘यदि प्रगति भएन भने हामी यस प्रक्रियामा मध्यस्थकर्ताका रूपमा पछि हट्नेछौँ।’

उनले यो रुबियोबाट आएको सन्देश भएको बताए। उनले कूटनीतिमा अगाडि बढ्ने कि नबढ्ने भन्ने अन्तिम निर्णय ट्रम्पमाथि निर्भर हुने बताए।

मंगलबार राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन अझै पनि युक्रेनसँग शान्ति सम्झौता गर्न चाहन्छन् भन्ने संकेत दिएका थिए।

एबिसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकारले पुटिन शान्ति चाहन्छन्? भनेर सोधेको प्रश्नमा ट्रम्पको भनाइ थियो, ‘मलाई लाग्छ, उहाँ शान्ति चाहनुहुन्छ।’

पुटिनले हालै द्वितीय विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सवका लागि आगामी साता मस्कोको सम्झनामा तीनदिने युद्धविरामको प्रस्ताव राखेका छन्।

तर, उनले युक्रेन–समर्थित ३० दिनको युद्धविरामको अमेरिकी आह्वानलाई भने अस्वीकार गरेका थिए।

संयुक्त राज्य अमेरिकाले शान्ति वार्ताको प्रस्तावसम्बन्धी ड्राफ्ट तयार पारेको छ। तर, त्यसलाई युक्रेनीहरूले रुसी मागहरू अगाडि झुकेको महसुस गर्ने प्रतिक्रिया जनाएका थिए।

सो ड्राफ्टमा सन् २०१४ मा क्रिमियामाथि रुसको अधिग्रहणलाई आधिकारिक मान्यता दिने सुझाव छ। यसलाई लगभग सम्पूर्ण विश्वले अस्वीकार गरेको छ।

‘हामी सबै यो युद्ध निष्पक्ष रूपमा समाप्त होस् भन्ने चाहन्छौँ। पुटिनलाई कुनै पुरस्कार नदिई, विशेष गरी कुनै जमिन नदिई,’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डमा भएको एक कार्यक्रममा मंगलबार भिडियो कन्फरेन्समार्फत भनेका थिए।