१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १६ मंगलबार १६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचकमा १५ अंकको गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १६:१४:oo

नेपाल स्टक एक्सचेन्च (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक १५.०८ अंकले घटेर दुई हजार ६३१.९८ को विन्दुमा कायम भएको हो । यो ०.५७ प्रतिशतको गिरावट हो ।

३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ६६ हजार २६५ पटक खरिद–बिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ बराबरको कारोबार भएको छ ।

यस दिनको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटेल तथा पर्यटन ०.२०, लगानी ०.८३ र जीवन बिमा समूह ०.५४ प्रतिशतले घटेको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन ०.३४, लघुवित्त ०.७८, निर्जीवन बिमा ०.३२, व्यापार ०.५१ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडकाे सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको रु. ८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता सेयर किनबेच भएको छ ।