
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षकको माग सम्बोधन गर्नेबारेको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल अघि बढाउन माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै पाण्डेले विपक्षी दलले दर्ता गराएको प्रस्ताव कार्यसूचीमा नराखिएकोप्रति आपत्ति जनाउँदै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा छलफल गर्न माग गरे।
उनले सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्ने भएपछि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव अघि नबढाएको जवाफ आएकाले सरकार संसद्प्रति गैरजिम्मेवार देखिएको बताए।
उनले संसदको चालू अधिवेशनमा शिक्षकको समस्या समाधानका लागि सांसदले आवाज उठाइरहेको भए पनि सरकारले सदनमा त्यसबारे कुनै जानकारी पनि नगराएको उल्लेख गरे। बर्तौलाले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै शिक्षकहरूका जायज माग पूरा गरेर विद्यालय फर्काउन सुझाव दिए।