१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ

सिप मेलाका थप ६ प्रशिक्षार्थीलाई थिगोबाट अन द जब ट्रेनिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

सिप मेला ०८१ बाट अटोमोबाइल्स विधामा सिप सिकेका पाँच प्रशिक्षार्थीलाई थिगोले ‘अन द जब ट्रेनिङ’ (ओजेटी)उपलब्ध गराउने भएको छ। यसका लागि थिगोले १० उम्मेदवारलाई अन्तर्वार्ताका छोटो सूचीमा राखेको थियो। उनीहरूबाट ६ जना ओजेटी का लागि छनोट भएका हुन्।

ट्रेनिङमा छनोट भएका प्रशिक्षार्थीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन्। यसका लागि आज काठमाडौं महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र थिगोबिच सम्झौता भएको छ। सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र थिगोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो सम्झौता आगामी ६ महिनाका लागि हो। प्रशिक्षणमा जानेहरूले १६ वैशाखदेखि काम थालनी गर्नेछन्।

मेलाबाट अटोमोबाइल्स विधामा स्नातक भएका एक सय प्रशिक्षार्थीहरूमध्ये २० जनाले आफ्नै प्रयासबाट रोजगार पाएका छन्। तीनजना स्वरोजगार भएका छन् । अन–द–जब तालिममा रुचि राख्ने ५१ जना थिए । उनीहरूलाई व्यक्तिगत विवरण (सिभी) लेखन कार्यशाला आयोजना गरेर व्यक्तिगत विवरण तयार गर्न, व्यक्तित्व विकास गर्न र अन्तर्वार्तामा प्रस्तुत हुने शैलीका विषयमा प्रशिक्षण प्रदान गरिएकोे थियो । 

यसअघि सिजी मोटर्ससँग सम्झौता गरेर १० जनालाई पठाइएको थियो। उनीहरूमध्ये वैदेशिक रोजगारीको अवसर, पारिवारिकसहित विभिन्न कारण देखाएर पाँचजना प्रशिक्षार्थी प्रशिक्षणमा गएनन् । अहिले सिजीमा पाँचजनाले अन–द–जब–ट्रेनिङ गरिरहेका छन्। 

महानगरपालिकाले गएको वर्ष विश्व श्रमिक दिवस १९ वैशाख ०८१ को अवसरमा टुँडिखेलमा ‘सिप मेला ०८१’ आयोजना गरेको थियो। ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए। १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए। १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए।