१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

ताप्लेजुङमा हावाहुरीले घरै उडायो, लाखौँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले घर तथा गोठहरू उडाएको छ । हावाहुरीले मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकाका घरगोठ उडाउँदा लाखौँको क्षति भएको छ । 

ताप्लेजुङका प्रहरी प्रमुख प्रमुख (डिएसपी) रवि रावलका अनुसार मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ वैराखुका विनोद शेर्पाको घर हावाहुरीले उडाएको छ । काठपात र जस्तापाताबाट बनेको शेर्पाको एकतले घर हावाहुरीले पल्टाएर पूर्ण रूपमा क्षति गरेको छ। करिब पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरी प्रमुख रावलले जानकारी दिए। हावाहुरीले घरमा क्षति पुगेपछि शेर्पाको परिवार छिमेकी बाबुकुमार शेर्पाको घरमा बस्दै आएका आएका छन्।

यस्तै, फुङलिङ नगरपालिका–१० फुरुम्बुमा पनि हावाहुरीले घर तथा पशुचौपाया राख्ने गोठका छाना उडाएको छ। फुङलिङ नगरपालिका–१०, फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूले हावाहुरीले मयाम टोलका मानबहादुर लिम्बूको घरको छाना उडाएको बताए।  मयामकै धनबहादुर लिम्बूको भान्साघरको छाना र सुरबहादुर खत्रीको गोठको छाना उडाएको वडाध्यक्ष लिम्बूले जाकारी दिए। 

हावाहुरीले फुरुम्बुका विभिन्न ठाउँमा रुखहरू ढलेर विद्युत् सेवा अवरुद्ध भएको छ। ठाउँठाउँमा विद्युतका खम्बा ढलेका कारण विद्युत् सेवा अवरुद्ध बनेको वडाध्यक्ष लिम्बूको भनाइ छ। हावाहुरीले गरेको क्षति विवरण संकलन भइरहेको उनको भनाइ छ।