१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

पर्साको पर्सागढी नगरपालिका– ५ बहुअर्वास्थित इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। हीरा इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी पाँच वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी पाँच वर्षीया छोरी अफसाना खातुन रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार बिहान बाख्रा चराउन गएका दुवै बालिका इँटाभट्टाको खाडलमा डुबेका हुन्। डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।