
प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–४ का ५९ वर्षीय गोपाल अधिकारीको घरबाट तीन किलो लागुऔषध (कानी) बरामद गरेको छ। धर्मदेवी–४ तिरतिरे किटिङडाँडास्थित अधिकारीको घरमा लुकाएर राखेको अवस्थामा तीन किलो एक सय ग्राम लागुऔषध (कानी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
उनका अनुसार, लागुऔषध बिक्री-वितरण गर्ने गरेको सूचनाको आधारमा उनको घरमा खोजतलास गर्दा बरामद गरिएको हो। अधिकारीलाई लागुऔषध बिक्री-वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेर हिसासतमा राखेको जनाएको छ। प्रहरीले अधिकारीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।