१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शिक्षकको आन्दोलन २५ औँ दिनमा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५ औँ दिन पनि आन्दोलन जारी राखेको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।

आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ। शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पूरा गर, विद्यालय शिक्षा ऐन जारी गरलगायतका नारा लगाएका थिए। 

आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबिचको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ।