१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषण वैशाख १७ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए।

उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मंगलबार बोलाएको छ। बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय-पत्र लिएर उपस्थित हुन जनमतले नेताहरूलाई सूचितसमेत गरेको छ।

 बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने  पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो। एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झन्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरूले बताएका छन्। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुंगाे लागेको छ। 

 एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछन्। विसं २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए। हाल संसदमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।