१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीबाट चार वर्षीय बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o६:oo

जिल्लाको धुर्कोट गाउँपालिका– १ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ। धुर्कोट– १ आखररुखनिवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो।

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘आगलागीपछि मृतककी दिदीले गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन्। बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो,’ धुर्कोट– १ का वडाध्यक्ष चेतमान कुँवरले भने।

आगलागीबाट ढुंगा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।