१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

उदयपुर प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको उदयपुरगढी गाउँपालिका– ७ बस्ने २६ वर्षीय सन्तोष मगर रहेका जिल्ला प्रहारी कार्यालयले जनाएको छ।

गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३ –०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकल रौतामाई गाउँपालिका– ७ संगमचोकमा रहेको प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा उनी दुई नाल भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। 

चेकजाँचका क्रममा लुकाएर राखेको लोड भएको एक नाल तथा बट र नाल छुट्टाछुट्टै रहेको अर्को एक नाल गरी दुई नाल भरुवा बन्दुक फेला परेको थियो। उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।