Skip This
खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा दु:ख लाग्छ : मन्त्री महर्जन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
२o८२ बैशाख ९ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा दु:ख लाग्छ : मन्त्री महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १५:४५:oo

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा दुःख लागेको बताएका छन् ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा मंगलबार हेटौँडामा सुरु भएको खेलकुल पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको भन्दै गुनासो गरे ।

खेलकुद क्षेत्रलाई पर्याप्त बजेट नदिँदा खेलाडीहरूमा नैराश्यता पैदा भएको उनको भनाइ छ । खेलकुद क्षेत्रमा राज्यको चासो कम पर्दा बिदेसिने युवाहरूको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्री महर्जनले युवा पलायन रोक्न पनि खेलकुद क्षेत्रमा बजेट बढाउन जरुरी रहेको बताए ।

‘बागमती प्रदेश खेलकुदको हब हो । बागमती प्रदेशका ८० प्रतिशत खेलाडीले देशमा प्रतिनिधित्व गरेका छन् । तर, खेलकुद मन्त्रालयको चालू आर्थिक वर्षमा ७४ करोड बजेटको सिलिङ रहेको छ । २४–२५ करोड रुपैयाँ चालू खर्च हुन्छ । बाँकी रकमले खेलकुद क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा पनि पुरानै शैलीमा ६१ करोड रुपैयाँको सिलिङ तोकिएको छ । प्रदेश सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पर्न सकेको छैन ।’

प्रदेश सरकारको देखिने र युवा तथा नागरिकहरूसँग प्रत्यक्ष जोडिएर काम गर्ने खेलकुद मन्त्रालय भए पनि सरकारका नेतृत्वमा रहेका व्यक्तिहरूलाई खेलकुदको अवस्थाबारे बुझाउन नसकिएको उनले बताए । 

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास पुरानो ढर्राबाट हुन नसक्ने बताए । नयाँ ढंगबाट लगानीको उत्पादन अध्ययन गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । सम्भाव्यता अध्ययन गरेर सरकारले लगानी गर्नुपर्ने उनले बताए । जनघनत्व र आवश्यकताको आधारमा लगानी गरेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।