१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ९ मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अष्टलक्ष्मी शाक्यको प्रश्न– इमानदार भएकै कारण विद्या भट्टराईले राजीनामा दिनुपरेको हो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार ११:४८:oo

शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाकाे विषयलाई लिएर एमालेकै नेताहरूले विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामाले उनको नैतिक धरातल अझै उच्च बनाएको उल्लेख गरेकी छिन्। 

इमानदार भएकै कारण उनले राजीनामा दिनुपरेको हो ? भनेर समेत उनले प्रश्न उठाएकी छिन् । प्रधानमन्त्रीको असहयोग र दबाबका कारण उनले राजीनामा दिएको विषय बाहिर आएपछि शिक्षामन्त्रीलाई किन सहयोग भएन भनेरसमेत प्रश्न उठाएकी छिन्। 

उनले फेसबुकमा लेखेकी छिन्–
शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍याे ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ। कमरेड विद्या तपाईंको इमान र  नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस्।