१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २ मंगलबार १७:२७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १७:२७:oo

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागसिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च गरेको छ। मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबी स्टोरेज, एडभान्स्ड ग्यालेक्सी एआई फिचर र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ।

यसको एआई–फर्स्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा सर्कल टू सर्च, कल ट्रान्सक्रिप्ट र समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता एआई फिचर छन्।

१२ जिबी र्‍याम र १ टिबी स्टोरेज भएको ग्यालेक्सी एस २५ अल्ट्राको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ छ। यो फोन ४ वैशाखदेखि सामसङका आधिकारिक स्टोरहरूमा नेपालभर उपलब्ध हुनेछ।

सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधामार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमै ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी मासिक रु. ११,७५० इएमआईमा पनि प्राप्त गर्न सक्छन्। यसका लागि नागरिकता मात्र पर्याप्त हुनेछ।

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षको एक पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइने बताइएको छ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस २५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।