Skip This
विपतकाे एक वर्ष : आठ हजारभन्दा बढी घटनामा ७४५ जनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार १२:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपतकाे एक वर्ष : आठ हजारभन्दा बढी घटनामा ७४५ जनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १२:२o:oo

गएको एक वर्षमा विपतजन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपतका घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार एक वर्षमा विपतबाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु. तीन अर्ब १३ करोडबराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?

सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुंगा पल्टेर एक र अन्य विविध कारणबाट सातजनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँपहिरोमा परेर तीनजना बेपत्ता भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना

विपतजन्य घटनाका संख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । ०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्यांकअनुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ ।

त्यस्तै, बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुंगा पल्टेका एक, हिउँपहिरोका ६, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपतजन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

छुटाउनुभयो की ?