Skip This
आइपिएल २०२५ : अभिषेक शर्माको तुफानी ब्याटिङमा हैदराबादको दोस्रो जित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल २०२५ : अभिषेक शर्माको तुफानी ब्याटिङमा हैदराबादको दोस्रो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:१८:oo

आइपिएल २०२५ मा सनराइजर्स हैदराबादले २४६ रनको लक्ष्य सहजै पूरा गरेको छ। अभिषेक शर्मा र ट्राभिस हेडको उत्कृष्ट ब्याटिङको मद्दतमा सनराइजर्सले पञ्जाबलाई आठ विकेटले हराएको हो। 

सुरुमा ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर २४५ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा हैदराबादका ओपनरद्वय अभिषेक र ट्राभिसले १७१ रनको साझेदारी गरे। उनीहरूले १२.२ ओभरमै १७१ रनको ओपनिङ साझेदारी गरेका थिए। खेलका हिरो  बनेका अभिषेकले ४० बलमा शतक प्रहार गरेका  थिए।  ५५ बलमा उनले १४१ रन बनाए। उनकै तुफानी ब्याटिङको मद्दतमा हैदरावाद नाै बल बाँकी रहँदै विजयी भयो। 

प्रतियोगिताको छैटौँ खेलमा हैदराबादको यो दोस्रो जित हो। प्रतियोगिताको पहिलो खेल जितेको हैदरावाबाद त्यसपछिका लगातार चार खेलमा पराजित भएको थियो। यो जितसँगै हैदराबाद अंकतालिकाको अन्तिम स्थानबाट आठौँ स्थानमा उक्लिएको छ भने पञ्जाब पाँमध्ये तीन खेल जितेर छैटौँ स्थानमा छ। 
 

छुटाउनुभयो की ?