
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह ५ मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र नक्कली पेस गरेर जागिर खाएको अभियोग उनीमाथि छ।
उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीको हाइस्कुल परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह ४ मा भर्ना भई हाल बढुवा भएर पाँचौँ तहमा कार्यरत थिए।