१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गोर्खाज् फाइनान्सको कामु सिइओमा दीपक न्यौपाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १८:२५:oo

गोर्खाज् फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अर्काे व्यवस्था नभएसम्मका लागि दीपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ।

वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठसमेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरिएको हो।

न्यौपाने विगत तीन वर्षदेखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन्। अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखा परीक्षण फर्ममा गरी १० वर्षभन्दा बढीको कार्यानुभव रहेको छ।