१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–अंग्रेज युद्धको प्रतीकस्वरूप निर्मित पार्क हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १७:२९:oo

बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरिएको छ।

बारागढीमा भएकाे नेपाल–अंग्रेज युद्धको प्रतीकस्वरूप निर्माण गरिएको पार्क नेपाली सेनाको ज्वालादल गणले बुधबार एक कार्यक्रमबिच कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।

उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह र नेपाली सेनाका पृतनापति उपरथी कृष्णबहादुर जिसीले संयुक्त रूपमा पार्कको अनावरण तथा झन्डोत्तोलन गरेका थिए।

नेपाली सेनाबाट प्राप्त आर्थिक स्रोतसाधनबाट मध्यपूर्वी पृतना हेडक्वार्टरको निर्देशन तथा नं २८ बाहिनी अड्डाको सुपरिवेक्षणमा नेपाली सेनाको शीघ्र प्रभावी योजनाअनुसार ज्वालादल गणले कलैयाको भरतचोकमा सन् १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतीकस्वरूप पार्क निर्माण गरेको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी जिसीले नेपाली सेनाले नेपाली जनता र सेनाबिचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताए। उनले भने, ‘जनता र नेपाली सेनाबिचको सहयोग एवं सहकार्य थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र संवर्द्धन गर्दै आएको छ।’ 

पार्कमा बारागढी युद्धको दौरान स्थानीय जनताले नेपाली सेनालाई गरेको सहयोगको वर्णन गरिएको शिलालेखसहित दुई सिपाहीको प्रतिमा निर्माण गरिएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खड्काले बताए।