मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Monday, 07 April, 2025
२o८१ चैत २५ सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेबिज लागेको कुकुरले टोक्दा १२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार १६:५४:oo

कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्। बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं. ६ मा तीन दिनयता कुकुरले टोकेर घाइते हुनेको संख्या १२ पुगेको हो।

घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठजना पुरुष छन्। पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए।

कुकुरको टोकाइबाट घाइते भएकाहरूलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेबिजविरुद्धको खोप लगाउन सुरु भएको छ। उनले केन्द्रमा रहेको खोपले एकपटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए।

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज बिहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए।