१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भोलिदेखि शिक्षकहरूले आन्दोलन चर्काउने, १५ राजनीतिक दलनिकट शिक्षक संगठनको ऐक्यबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३३:oo

पाँच दिनदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकले भोलि आन्दोलनलाई चर्काउने भएका छन् । उनीहरूले भोलिदेखि आमहडतालको घोषणा गरेका हुन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा हुने आन्दोलनमा देशैभरका शिक्षकलाई सहभागी हुन आह्वान गरिएको छ भने विभिन्न राजनीतिक दलनिकट १५  शिक्षक संगठनले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा विधेयकअघि नसारेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

‘देशभरका सबै विद्यालय बन्द गरी सबै शिक्षक–कर्मचारी साथीहरूलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म उक्त आन्दोलनको मोर्चामा निरन्तर डटिरहन जोडदार अपिल गर्दछौँ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा तीअन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा आग्रह गर्दछौँ ।’ 

आन्दोलनका लागि ऐक्यबद्धता जनाउने र हस्ताक्षर गर्नेहरूमा सोमनाथ गिरी– अध्यक्ष, नेपाल शिक्षक संघ, विष्णुप्रसाद भण्डारी– अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, शंकर अधिकारी– अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, लछिराम शर्मा ढकाल– अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, सानोभाइ कार्की–  अध्यक्ष, अखिल नेपाल शिक्षक संघ, कुमोदकुमार सिंह– अध्यक्ष, राष्ट्रिय शिक्षक मञ्च, रवीन्द्र गिरी– अध्यक्ष, संघीय शिक्षक फोरम,  हिक्मत बस्नेत– अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, विष्णु चौधरी–  अध्यक्ष, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, अतुलकुमार लाल– अध्यक्ष, लोकतान्त्रिक शिक्षक युनियन, यादवराज पाण्डेय– अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद्, विजयरत्न बज्राचार्य– अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, रमाकान्त चौधरी– अध्यक्ष, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, गंगाराम तिवारी– अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद् र होमकुमार थापा– अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियनलगायत छन् ।