मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Tuesday, 08 April, 2025
२o८१ चैत २४ आइतबार १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रियुगामा आगलागीबाट ९९ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १९:o८:oo

उदयपुरको त्रियुगा नगरपालिका– १५ गुरुधाममा आगलागी हुँदा ९९ लाख रुपैयाँबराबरको क्षति भएको छ। गुरुधामस्थित महावीर कटवालको घर र कुखुराको फार्ममा आगलागी हुँदा ९९ लाखको क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए।

आज आइतबार भएको आगलागीबाट कटवालको दुईतले घर र घरसँगै रहेको कुखुरा फार्म, घरमा रहेको नगद ६ लाख, पाँचतोला सुन, पाँचतोला चाँदी, फर्निचरका सामान, काठपात, अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको योगीले बताए।

उनका अनुसार कुखुरा फर्ममा रहेका झन्डै ५५० वटा कुखुरासमेत जलेर नष्ट हुँदा अनुमानित ९९ लाखबराबरको क्षति भएको हो। उनले भने, ‘आगलागीको कारण खुलेको छैन, घरधनीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। अनुसन्धान जारी छ।’

छुटाउनुभयो की ?